प्याब्सन रौतहटको अध्यक्षमा चिमोरिया निर्वाचित

२०८१ पुस २८ गते आईतवार
सारांश
  • उनी चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरमा रहेको न्यू झरना आवासीय माबिका संचालक हुन् । निजी तथा आवासीय बिद्यालयको हक हितको लागि नविन योजनाका साथ कार्य गर्न आफूहरु तयार रहेको नबनिर्बाचित अध्यक्ष चिमोरियाले बताए ।

रौतहट :  निजी तथा आवासीय बिद्यालय संगठन(प्याब्सन)रौतहटको अध्यक्षमा ऋषिकेश चिमोरिया निर्वाचित भएका छन् । प्याब्सन जिल्ला अधिवेशनबाट चिमोरियालाई चयन गरेको हो ।


उनी चन्द्रपुर नगरपालिका  ८ स्थित सन्तपुरमा रहेको न्यू झरना आवासीय माबिका संचालक हुन् । निजी तथा आवासीय बिद्यालयको हक हितको लागि नविन योजनाका साथ कार्य गर्न आफूहरु तयार रहेको नबनिर्बाचित अध्यक्ष चिमोरियाले बताए । 


संघको ११ औं जिल्ला अधिवेशनबाट उपाध्यक्ष पदमा मनोज शर्मा, सचिवमा अर्जुन  श्रेष्ठ र कोषाध्यक्ष पदमा कृष्ण झा नयाँ कार्यकालको लागि निर्वाचित भएका सूर्योदय एकेडेमीका संचालक सूर्य बहादुर थापाले जानकारी दिए ।


उनका अनुसार संघको सदस्यहरुमा लोकबहादुर श्रेष्ठ, हरेन्द्र राय यादव र सरोज शर्मा विजयी  भएको थापाले बताएका छन् । संघको अधिवेशनमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तीहरुलाई सम्मान गरिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार